अपडेट
ग्यालरी
आज मिति २०७६/९/१ गते देखि कोशी गाउँपालिकाको वडा नं २,3,४,६,७ र ८ मा अनलाइन प्रणालीबाट घटना दर्ता प्रारम्भ गरिएको छ भने वडा नं १ मा
अनलाइन प्रणालीबाट घटना दर्ता गरिदै आएको थियो |
बाकि रहेको वडा नं ५ मा पनि चाडै अनलाइन प्रणालीबाट घटना दर्ता गर्ने तयारी भइरहेको छ |
यो तयारी पुरा भएपछि कोशी गा.पा.को ८ बटै वडामा अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता हुनेछ |
कोशी गाउँपालिकाले सोमबार जामियाजैनब रजि लिल बनात मदरशामा सिलाईकटाई मेसिन हस्तान्तरण गरेको छ। कोशी गाउँपालिका ४ जुद्दगंजमा रहेको उक्त मदरशामा एक कार्यक्रमका बिच कोशी गाउँपालिकाले हस्तान्तरण गरेको हो। जामियाजैनब रजि लिल बनात कोशी गाउँपालिका ४ जुद्दगंजका छात्राहरुको स्तर उन्नतिकोलागि र आत्मनिर्भर जिवानयापनमा सजह होस भन्ने उद्देश्यले कोशी गाउँपालिकाले जम्मा १० थान सिलाईकटाई मेसिन हस्तान्तरण गरिएको हो ।
कोशी गाउँपालिकाको गाउँसभा बाट चालु आ.व.मा स्वीकृत अध्यक्ष कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्षको नेतृत्वमा सम्बन्धित क्षेत्रका किसान र कृषि बिज्ञ सहितको टोलीबाट मिति २०७६/०७/२२ गते देखि २०७६/०७/३० गते सम्म कोशी बाढीबाट क्षतिग्रस्त भूभाग संग मिल्दो भारतको राजस्थानका विभिन्न क्षेत्र तथा भारतीय शुष्क क्षेत्र अनुसन्धान केन्द्र जोधपुर, स्वामी केशवनाथ कृषि विश्वबिधालय बिकनेर र केन्द्रिय सुक्खा क्षेत्र अनुसन्धान संस्थान बिकानेरको भ्रमण सम्बन्धि पत्रकार तथा स्थानीय कृषकहरुलाई जानकारी गराउन आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ।
कोशी गाउँपालिकामा इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मंसिर २५ गते सम्पन्न भएको छ ।
मंसिर २५ गते सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका लागि समुदायलाई सचृत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम इन्सेकका प्रदेश प्रमुख सोमराज थापाको अध्यक्षता र कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
विश्व माटो दिवश २०७६ कोशी गाउपालिकामा भाभ्यताका साथ मनाइयो साथै सोहि अवसरमा
यस कोशी गापा अध्यक्ष श्री ऐयुब अन्सारी ज्यूले कोशी गापा भित्र रहेका किशानहरुको माटो
परिक्षण आज देखि गापाको सहयोगमा निशुल्क गराईदिने घोषणा गर्नु भयो |
वाड न. २मा खाने पानीको लागि बोरिङ धसाउन कार्यक्रमको उद्घाटन साथै जग्गा दाता बिन्देश्वर साह लाई सरकार प्रमुख बाट आदरपुर्वक समान
संबिधान दिवश २०७६ को शुभअबसरमा कोशी गाउँपालिका विभिन्न कार्यक्रम गर्दै ८०जना महिला स्वास्थ स्वमसेबिकाहरु लाई साइकल बितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी ज्यु तथा उपाध्यक्ष अनिता देबी यादब ज्यु वाड न.१ का वाडाअध्यक्ष राजकुमार साह ज्यु लगाइत ८औटे वाड का वाडाअध्यक्ष ज्युहरु