FAQs Complain Problems

कोशी गाउँपालिका वडा नं १ ,लौकही

Email : ward1.koshigaupalika@gmail.com

वडा अध्यक्षको विवरण
    नाम    – सोभित नारायण यादव
    ठेगाना    – कोशी गाउँपालिका
    सम्पर्क नं.-९८४२२७७८६३

           वडा सदस्यको  विवरण

  १।  नाम    – निर्मला कुमारी मण्डल                                                                          
       ठेगाना    – कोशी गाउँपालिका
       सम्पर्क नं.-९८०७०८६६२३

२।   नाम    – सत्ननी देवी सदा
       ठेगाना    – कोशी गाउँपालिका
       सम्पर्क नं.-९८०४३२२९२७

३।    नाम    –  निधिर मण्डल 
       ठेगाना    – कोशी गाउँपालिका
       सम्पर्क नं.-९८०४०५१९५९

४।    नाम    –  भुपेन्द्र उराँव
        ठेगाना    – कोशी गाउँपालिका
        सम्पर्क नं.- ९८२४३५५९३९

 

श्री कोशी गाउँपालिका अन्तर्गत रहेको ८ वडाहरु मध्येको यस कोशी गाउँपालिका वडा नं. १ कोशी गाउँपालिका, गाउँकार्यपालिकाको केन्द्रिय कार्यलयको दक्षिणतर्फ अवस्थित रहेको छ । यस वडा नं. १को कार्यालय लौकही ,सुनसरीको पुर्वमा भोक्राहा नरसिंह गाउँपालिकाको सिमाना, पश्चिममा कोशी गाउँपालिका वडा नं.३को सिमाना, दक्षिणमा भारतको दशगजा(सीमाना) र उत्तरमा कोशी गाउँपालिका वडा नं.२ को सिमाना रहेको छ ।

  यस वडाको वडा अध्यक्ष श्री सोभित नारायण यादव  र स्थानीय पञ्किाधिकारी तथा वडा सचिव श्री बासु देव मण्डल कविरथ हुनुहुन्छ । यस वडा नं.१ को कार्यालय अन्तर्गत स्वास्थ्यचौकी, प्रसुती सेवा केन्द्र तथा प्रयोगशाला(ल्याब) एउटै घेरा क्षेत्र भित्र रहेका छन् । जसमा स्वास्थ्य चौकी प्रमुख श्री योगेन्द्र प्रसाद साह(सि.अ.हे.व छैठौ), प्रसुती सेवा केन्द्रका इन्चार्ज बिंदु रोक्का(अ.न.मि) तथा प्रयोगशाला(ल्याब) का इन्चार्ज श्री लक्ष्मी चौधरी(ल्या.अ.) गरि यस कार्यालयमा जम्मा १२ जना कर्मचारीहरु सेवा दिदै आइरहेका छन् ।  

     यस  वडा नं. १ क्ष्ोत्र भित्र मुख्यतया मंडल, यादव, साह, उराँव, मुसहर आदि जातजातिको बसोबास रहेका छन् जसमा अधिकांश व्यक्तिहरु कृषि पेशामा निर्भर छन् । यहाँका स्थानीय भाषामा मैथली र बंगाली बढि लोकप्रिय रहेका छन् । १ नं. वडा कार्यालय धर्म र संस्कृतले भरिएको नमुना वडा कार्यलयको रुपमा चिनिनुका साथै यहाँ हिन्दु धर्मावलम्वीहरुको अधिक बसोवास रहेका छन् ।

        यस वडा कार्यालय अन्तर्गतमा रहेका बालबालिकाहरुको सुनिश्चित भविष्यको लागि र शिक्षा प्राप्तीका लागि प्रा.वि., मा.वि, मदर्शा तथा निजी विद्यालय गरी ८ विद्यालयको स्थापित भएका छन् । यस वडा कार्यालय अन्तर्गतमा जम्मा घरपरिवार संख्याः८६१,पुरुषः२५८१ र महिला २५५७ गरी जम्मा जनसंख्या ५०३८ रहेका छन् । यस वडा कार्यालय क्षेत्रमा हेर्नलायक सुन्दर र पावनस्थलले भरिइएको ५ मन्दिरहरु र १ मस्जिद, सुरक्षा निकाय अन्तर्गत इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सीमा सुरक्षा प्रहरी कार्यालय, अन्य सेवा केन्द्र अन्तर्गत कृषी सेवा केन्द्र, पशुसेवा केन्द्र, हुलाक कार्यालय, खानेपानी पानी ट्याङ्की तथा वित्तिय कारोबारमा टेवा पु¥याउँदै आएको कृषी विकास बंैक, मेगा बैंक,सृजना फाईनान्स लिमिटेड,सवलम्बन लधुवित्त आदि बैंकका शाखाहरु पनि अवस्थित रहेका छन् । यसै गरी यस वडामा मंगलबार र शुक्रबार गरी दुई दिन हटिया लाग्ने गर्दछ । यस वडा कार्यालय अन्तर्गतमा माछा पोखरी र सिचाई कलौनी पनि अवस्थित रहेका छन् । पूर्वाधार विकासको मामलामा यस वडा अरु वडाको तुलनामा अग्र स्थानमा रहेको छ ।

 

Population: 
जम्मा घरपरिवार संख्याः ८६१, पुरुषः २५८१ र महिला २५५७ गरी जम्मा जनसंख्या ५०३८ रहेका छ
Ward Contact Number: 
९८४२२७७८६३