अपडेट
कोशी गाउँपालिका को दोस्रो अध्यक्ष कप २०७६को आजको खेलमा मैत्रीपूर्ण खेलमा कोशी गाउँपालिका को जनप्रतिनिधि V/S कर्मचारी रोमाञ्चपुर्ण खेल खेल्दै |
मिल्लत स्पोर्टिङ फुटबल क्लब कोशी गाउँपालिका ५ श्रीपुरद्वारा आयोजना गरिएको जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहीबार कोशी गाउँपालिकाका जनप्रतिनिधि टिम बिजय भएको छ। बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बिचको प्रतिस्पर्धामा जनप्रतिनिधि टिम बिजय भएको हो। जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको मध्यमा बिहीबार जनप्रतिनिधि भर्सेस कर्मचारी बीचको प्रतिस्पर्धा भएको थियो।
उक्त खेल प्रतियोगिता ३:३० बजे देखि सुरु भएको थियो भने ३०:३० मिनेटको जम्मा गरि ६० मिनेटको खेल खेलाएको आयोजकले जनाएको छ। खेल सुरुभए लगतै जनप्रतिनिधि टिमले एक गोल दिएर आफ्नो टिमको खाता खोली सकेका थिए भने पुनः १० मिनेट कै अन्तरमा कर्मचारीको तर्फ बाट एक गोल दिएर बराबरी भएको आयोजकले जनाएको छ। खेलको अन्तिम चरण सम्म दुबै टिम बराबरीको अवस्थामा खेलिरहेका थिए भने खेल समापन तिर पुनः जनप्रतिनिधि टिम तर्फबाट एक गोल दिएर बिजय भएको आयोजक कमिटीका अध्यक्ष इनामुल हकले जानकारी दिएका छन् । उक्त फुटबल प्रतियोगिताको म्यान अफ द म्याच कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी रहेको टिमका उप कप्तान कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीले जनाएका छन्।